डोटीको एक विद्यालयको छात्रवासमा आगलागी, एक लाखको क्षति

by

in

धनगढीः डोटीको एक विद्यालयको छात्रवासमा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ५ नवकोट गड्सेराको नवदय माध्यमिक विद्यालयको छात्रवासमा आगलागी भएको हो।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार दुई तलाको ६ कोठाको छात्रवासको भवनमा विद्युतको तार सर्ट भएर आगो लागेको हो। मङ्गलवार बिहान प्रधानाध्यापकको कोठाबाट आगो सल्किएको प्रहरीले बताएको छ। आगलागीबाट कोठामा रहेको किताब, लत्ताकपडा, भाँडावर्तन र नगदसहित एक लाख ५ हजारको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *