काभ्रेमा किशोरीमाथि आधा दर्जनबाट सामूहिक बलात्कार, पीडा खेप्न नसकेर आत्माहत्या गर्नै लाग्दा उद्दार

by

in

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन् ।

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । यही क्रममा सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको आफन्तले प्रहरीलाई बताएका छन् ।

प्रहरी घटनास्थल पुग्यो । घटनामा संलग्न हुनेहरू पहिचान भएको–नभएकोबारे प्रहरीले किशोरीलाई सोध्यो । तर, किशोरीले कसैलाई नचिनेको बताएपछि प्रहरी शंकास्पद व्यक्तिको खोजी जुट्यो । यही क्रममा चारजना पक्राउ परेको प्रहरी निरीक्षक अकौलियाले बताए । घटनामा थप अपराधिक व्यक्तिहरुपनि संलग्न रहेको अनुमान गरिएको छ ।