टिप्परकाे ठक्करबाट माेटरसाईकल चालक श्रीमानकाे ज्यान गयाे पछाडि सवार श्रीमती घाइते

by

in

हेटौंडा माघ १५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १७ गैरीगाउँमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

सालक पार्कबाट चौघडातर्फ गईरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट सालकपार्क तर्फ गइरहेको मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा- १६ जुरेथुम बस्ने हरि पनेरु रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पनेरुकी पत्नी अर्चना घाइते भएकी छन्। उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।