यसरी भएको थियो प्रहरी र अध्यागमन कर्मचारीबीच कुटाकुट (भिडियो)

by

in

१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज अनलाइनखबरले फेला पारेको छ ।

शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ ।

‘वाक थ्रु गेट’ पार गरिसकेका मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्छन् । प्रहरी जवान अझै जाँच गर्ने प्रयास गरिरहन्छन्, त्यहीबीच विवाद हुँदा भनाभन र धकेलाधकेल भएको देखिन्छ ।

त्यसपछि ड्यूटीमा खटिएका प्रहरीका असई आएर कुटपिट गरेको फुटेजमा देखिएको छ ।<iframe width=”695″ height=”391″ src=”https://www.youtube.com/embed/m2Cn5n2_b1Q” title=”त्रिभुवन विमानस्थलमै अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट | Kantipur Samachar” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>