बलिउड अभिनेता सलमान खान ३२ वर्ष कान्छीसँग प्रेममा !

by

in

नायक सलमान खान आजभोलि आफु भन्दा ३२ वर्ष कान्छी अभिनेत्रीको प्रेममा पागल हुन थालेका छन् । सलमान र नायिका साइ मंजेरकरको सम्बन्धको अहिले चर्चा बढिरहेको छ ।

२३ वर्षिया अभिनेत्री मंजेरकरबाहेक सलमान आजभोलि बाहिर एक्लै हिड्न रुचाउँदैनन् । मिडियामा आएका गसिप अनुसार कहि कतै जानु परे सलमान फोन गरेर मंजेरकरलाई बोलाइहाल्छन् ।

अभिनेत्री मंजेरकरले सामाजिक सञ्जालमा राखेका तस्वीरले पनि मिडियाको गसिपलाई पुष्टि गरेको छ । केही दिन अघि आधारातमा सलमान र साइ मन्जेरकर खाना खान मुम्बइको एउटा रेस्टुरेन्ट पुगेको थिए ।

रेस्टुरेन्टमा उनीहरुबीच देखिएको निकटतालाई लिएर कतिपय मिडियाले भने सलमान र साईबीच चाँडै बिहे हुनेसम्मको समाचार लेखेका छन् । रेस्टुरेन्टमा उनीहरुले लामो समय बिताएका थिए ।

सन् २०१९ मा दबंग ३ फिल्ममा सँगै काम गरेको यो जोडी पछिल्लो समय रियल लाइफमा पनि सँगै देखिन थालेको हो । सलमानका समर्थकले भने कैटरिना कैफ र ऐश्वर्या रायसँग जस्तै मंजेरकरसँगको सम्बन्ध भने नछुटोस भन्ने कामना गरेका छन् ।

साई चर्चित निर्देशक तथा अभिनेता महेश मन्जेरकरकी छोरी हुन् ।