आफ्नै घरको ५औँ तलाबाट हाम फालेका व्यवसायीको मृत्यु

News

धनगढीः धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन्।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्। घटना बुधवार (आज) विहान करिब ११ः२० को हो। घरायसी विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ। हाम फालेका अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लगिएकोमा मृत्यु भइसकेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *