सुदूरपश्चिममा चार अर्ब १४ करोडका ७ उद्योग खुल्दै

by

in

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमका चार जिल्लामा ७ वटा उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्ष २०७९÷८० मा चार अर्ब १४ करोड ५८ लाख १० हजार लगानी प्रस्ताव गरेर ७ वटा उद्योग दर्ता भएका छन्। कैलालीमा चार, दार्चुला, कञ्चनपुर र बझाङमा एक/एक उद्योग दर्ता भएका छन्। उद्योग विभागको औद्योगिक तथ्यांक प्रणालीका अनुसार कैलालीमा ६१ करोड २५ लाख ५० हजार लगानी प्रस्तावसहित चारवटा उद्योग दर्ता भएका छन्।

उद्योगको स्थिर पुँजी तीन करोड ५२ लाख ३० हजार र कार्यशैली पुँजी चार करोड ३६ लाख २० हजार रहने गरी कैलालीमा चारवटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगमा प्रत्यक्ष दुई सय ४४ ले रोजगारी पाउने प्रस्ताव गरिएको छ।
बझाङमा ठूलो लगानीको उद्योग स्थापनाका लागि दर्ता गरिएको छ।