त्रिशूली नदिमा खस्यो गाडी, गोताखोर टोली परिचालन

by

in

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

EPIC

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।

मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन । ‘नम्बर प्लेट त कसैले उहिल्यै फ्याँकेको पनि हुनसक्छ, ‘ प्रहरी निरीक्षक तामाङले भने, ‘गोताखोरको टोली डुंगा लिएर नदीमा छिरेको छ, त्यो टोलीले पत्ता नलगाएसम्म एकिनका साथ केही भन्न सक्ने अवस्था छैन ।’ अनलाइन खबरबाट


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *