फेरि अमेरिकाबाट आयो दु:खद खबर, भर्खरै अमेरिका पुगेका यी नेपालीलाई यसकारण अमेरिकाले फिर्ता पठाइदियो, हेर्नुस

by

in

प्रकाशित: २०७९ माघ १२ गते, बिहिवार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

एजेन्सी: विभिन्न कस्टकर जीवन विताउँदै लाखौं रकम खर्चेर नेपालबाट अमेरिका जाने चलन पछिल्लो समय व्यापक रुपमा चलेको छ। उज्जल भविश्यको कल्पना गर्दै अमेरिका पुग्नेको सबैको सपना भने साकार हुँदैन।

अमेरिकाले अवैधानिक तरिकाले आफ्नो देशमा प्रवेश गरेका विदेशी नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने गरेको छ।

अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।​गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। ​

देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।

तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाइएको अमेरिकी अध्यागमन विभागले जनाएको छ। यो २०२१ को तुलनामा बढी हो।

यो संख्यामा अमेरिकी अध्यागमन अदालत (आइस) बाट देश निकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरूको संख्या समावेश छैन। यो आइसको हिरासतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देश निकाला हुनेको विवरण हो।

२०२१ मा २३ जना नेपालीहरुलाई अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाइएको थियो २०२० मा ९७ जना नेपालीलाई अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाइएको थियो।

आर्थिक वर्ष २०१९ मा अमेरिकाबाट १६२ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाएको थियो। त्यस्तै आर्थिक वर्ष २०१८ मा ४५ जना नेपालीलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।

आर्थिक वर्ष २०१७ मा पनि यो संख्या ४५ नै थियो। आर्थिक वर्ष २०१६ मा भने २५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।

आर्थिक वर्ष २०१५ मा २३ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो। त्योभन्दा अगाडि २०१४ मा ४४ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।

अमेरिकामा आइसद्वारा गिरफ्तारी र देश निकाला सन् २०२१ मा रेकर्ड न्यून स्तरमा झरेको थियो। तर आर्थिक वर्ष २०२२ मा भने बढेको सरकारी रिपोर्टले देखाएको छ। अमेरिकाबाट आर्थिक वर्ष २०२२ मा आइसले कुल ७२ हजार १ सय ७७ जनालाई देश निकाला गरेको छ।

यसैगरी भाग्य जहिले पनि बदलिन सक्छ । एउटी महिलासँग पनि यस्तै भएको छ । घरबाट बिस्कुट किन्न निस्किएकी महिला १० करोडको चिठ्ठा जितेर फर्किएकी छन् । १३०० रुपैयाँ खर्चेर उनले लटरीको टिकट किनेर १० करोड रुपैयाँ जितेकी थिइन् । महिलाले कर कटाएर साढे ६ करोड रुपैयाँ प्राप्त गरेकी छन् ।

अमेरिकाको उत्तरी क्यारोलिनाको विल्सन निवासी डोना डेन्टनले सेप्टेम्बर २३ मा फ्रिमन्ट फुड मार्टबाट ‘ट्रिपल ७७७ लटरी टिकट’ किनिन्। डोनाले भनिन् कि उनी वास्तवमा बिस्कुट किन्न गएकी थिइन्, तर उनले अचानक लटरी टिकट किन्ने निर्णय गरिन् ।

जब उनले यो लटरी टिकट स्क्र्याच गरिन्, उनको भाग्य बदलियो, उनले यो टिकटबाट करिब १० करोड रुपैयाँ (७ लाख डलर)को ज्याकपोट जितिन्।

डोनाले आफ्नो भाग्यमा विश्वास गर्न सकिनन्, त्यसैले उनी घर गइन् र आफ्नो पतिलाई लटरी जितेको दोहोरो जाँच गर्न भनिन्। डोनाका पतिले पनि विजयको पुष्टि गरे। त्यसपछि डोनाले लटरी कम्पनीसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरि आफू विजेता भएको बताएकी थिइन् ।

फ्रेमन्ट फूड मार्टले पनि यो टिकट डोनालाई बेचेको पुष्टि गर्यो। डोनाले यो पैसा आवश्यक काममा प्रयोग गर्ने बताइन् । उनले भनिन्- हामी खुसी थियौं तर अहिले धेरै खुसी छौं। यही पुरस्कार रकमले गर्दा क्रिसमस राम्रो भएको छ। यो एक आशीर्वाद हो।

डोनाले आफूले जितेको रकमको केही स्थानीय चर्चलाई दान गर्ने बताइन्। ट्रिपल ७७७ खेल स्क्र्याचकार्ड लटरी डिसेम्बर मा उत्तरी क्यारोलिना राज्य लोटरी द्वारा शुरू गरिएको थियो।

यस वर्षको अगस्टमा पनि अमेरिकाको युनियनभिलमा एक महिलाले अचानक चिठ्ठाको टिकट किनेर ८ करोडको पुरस्कार जितेकी यस्तै एउटा घटना सार्वजनिक भएको थियो ।

तारा नामकी यी महिला आफ्नो अफिस जाँदै थिइन्, उनले युनियनभिलको थ्री कर्नर मार्केटमा केही बिस्कुट किनेकी थिइन् ।

यस क्रममा उनले ८ करोडको पुरस्कार राशिको टिकट पनि किनेकी थिइन् । यसपछि ती महिलाले यो टिकट स्क्र्याच गरिन् र उनी करोडौंको मालिक बनिन् ।

यसैबीच मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।

अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । यसपटकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।

यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।