अहिले के गर्दैछन् छोरोबाट छोरी परिवर्तन भएकी सन्तोष पन्तकी छोरी ?

by

in

नेपालको हास्य कलाकारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रियालिटी शोमा उनलाई कमेडीका बादशाह भनेर भनिन्छ ।

तर उनका कान्छा छोरा दश वर्ष अघि निक्कै चर्चामा आए । उनी छोराबाट छोरी भइन् ।हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । त्यसपछि उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा ।लैङ्गिक परिवर्तन गर्दा निकै नै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् ? त्यो कौतुहोल्ताकै विषय बनेको छ ।केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा। अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन्।
सै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन्।

अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन्। बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ।धेरैलाई हिजोआजका कुरामा प्रतीक पन्तले बालकलाकारको भूमिका निर्वाह गरेको सम्झना हुनुपर्छ। बाबु सन्तोष पन्तका साथ उनी विज्ञापनमा पनि झुल्किन्थे।भुक्क फुलेको जीउ र तोतेबोलीमा गरिएको अभिनयले त्यसबेला धेरैलाई मोहनी लगाएको थियो। कथामा बालकलाकारको आवश्यकता पर्नेबित्तिकै देखा पर्ने सन्तोष पन्तका दुई छोरामध्ये उनी कान्छा हुन्।नेपाल टेलिभिजनबाट उक्त टेलिश्रृंखला बन्द भएपछि प्रतीकका दाजु साकार पन्त उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गए।भाइ प्रतीक भने माध्यमिक शिक्षा पूरा गर्न थाले। अनि घरमा आमा प्रतिभा पन्तसँगको सम्बन्धले त झन बढि सहयोग पुर्याएको केटलिन सम्झिन्छिन ।सात कक्षा पढ्न थालेपछि आफ्नो शरीर र मनबीच सम्बन्ध टुट्न थालेको बताउदै केटलिनले त्यहीसमयमा जहिले पनि केटासँग बस्न मन पराउनुको कारण बल्ल खोलेकी छिन ।

पुरुष भए पनि १३ वर्षको उमेरदेखि स्त्रीजन्य स्वभाव देखाउन थालेकी केटलिनले सबैभन्दा पहिले आफ्नो आमालाई समस्या सुनाएकी थिइन ।प्रारम्भमा आमाले छोरो आफूसँग जिस्किएको हो कि भन्ने मानेकी थिइन्। विस्तारै छोराको स्वभाव छोरीको जस्तै हुन थालेको अनुभव आज आएर पाएकी छिन ।कुरा केही वर्ष पहिले एसएलसीको तयारी हुन थालेपछिको थियो । त्यो बेला उनको मोटो शरीर पातलो एवं स्त्री जस्तै हुँदै जान थालेपछि साथीहरूले गम्भीर रूपमा लिन थाले। अब यसको समाधान खोज्न थालियो। केटलिनले इन्टरनेटको माध्यमबाट यस्ता समस्याका सम्बन्धमा जानकारी लिन थालिन्।घरमा पनि यस विषयमा सोधखोज हुन थाल्यो। इन्टरनेटको माध्यमबाटै पुरुष महिलाका रूपमा परिवर्तन हुन सक्ने जानकारी हात पर्यो।

१२ कक्षाभरि उनले त्यसको तयारी गरेको बताइन । त्यही समयदेखि डाक्टरको सहयोगमा उनले लैङ्गिक पहिचान नै परिवर्तन गरिन् । केटाबाट केटी भइन् । उनलाई दाजु साकारले साथ दिएका थिए । थाइल्यान्ड गएर उनी पुरुषबाट महिला बनिन ।दाजु साकार पन्तले गत बर्ष मात्र बिहे गरेका छन् । काठमाडौँ जोरपाटी निवासी आयुशी खनाल उनले बिबाह गरेका हुन् ।

चलचित्र ‘हिजो आजका कुरा’ दाजु साकारले निर्देशन गरेका थिए । भाईबाट बहिनी बनेकी केटलिन भने उच्च शिक्षा अध्ययनका लागि विदेशमा छिन् ।

अध्ययन सकेर बिबाह गर्ने उनको लक्ष रहेको छ । उनलाई परिवारबाट कुनै नियन्त्रण छैन । अरु सामान्य मानिस सरह उनी स्वतन्त्र जीवन विताइरहेकी छिन् ।