१३ किलो गाँजासहित महिला पक्राउ

by

in

काठमाडौं । वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोली १३ किलो गाँजासहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।



गोप्य सूचनाको आधारमा माडी नगरपालिका २ घर भई जिल्ला भरतपुर महानगर ३ मा डेरा गरी बस्दै आएकी ४३ वर्षीकी दुर्गा अधिकारी पक्राउ परेकी हुन् ।

उनले आफू बस्ने कोठामा लुकाएर राखेको अवस्थामा १३ किलो गाँजा फेला परेको हो । प्रहरीले उनलाई गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *