बलिउडबाट बिदा भए बलिउड अभिनेता आमिर खान

by

in

बलिउड अभिनेता आमिर खा`नको आफ्नै फ्यान छन् । उनको फिल्म`ले आक्रामक व्या|पार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन् ।

त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दो`स्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइर`सको महा`मारीले गर्दा केहि ढिला`ई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केहि महिना पश्चात रिलिज हुँदैछ।

यसै बीच उनले एक इभेन्टमा बोल्दै आफु`ले फिल्म छाड्न लागेको र सन्यास लिने बताएका छन् । ‘विगत दुई वर्ष यता मैंले फिल्म छाड्ने निर्णय लिएर अन्य फिल्म गरेको छैन । मैंले यो कुरा परिवार`सँग निकै हिम्मत जुटा`एर भने’ आमिरले भने । आइडि`याज अफ इन्डिया नामक इभेन्टमा बोल्दै उनले यो कुरा अहिले सार्व`जनिक रुपमा नभन्ने सोच रहेको सुनाए ।

‘मैंले अभिनयमा संस्यास लिँदै छु भन्दा मैंले मार्केटिङ गरे भन्ने लाग्न सक्छ’ आमिरले भने ,’त्यसैले म विस्तारै काम गर्न छाड्दै छु । नयाँ फिल्म गर्दै छैन ।’ उनले आउँदो समय आफ्नो परिवार`सँग बिताउने बताएका छन् । इभेन्टमा बोल्दै उनले आउँदो समयमा अभिनयसँगै नि`र्माणमा समेत आफ्नो उप`स्थिति नहुने बताएका छन् । उनले यो आफ्नो परिवारलाई सुनाउँदा आँखा रसाए|को समेत सुनाए ।

‘मैंले किरण सहित परिवार`लाई सुनाउँदा आफ्नै आँखा समेत रसाए । मैंले मनबाटै फिल्म छाडिसकेको थिएँ । त्यहि निर्णय कन्भिन्स गर्ने तरिकाले परिवार`लाई सुनाएँ ।

उनी`हरुले मसँग कुनै वाद विवाद गरेनन्’ आमिरले भने । उनले परिवार`सँग आफूले समय बिताउन चाहेको बताएका थिए । उनी अब आफ्नो समय परिवार|लाई दिन चाहन्थे । त्यहि कुरा सुनाए । यद्दपि पत्नी किरण रावले निर्णयमा फेरी सोच्न आग्रह गरिन् ।

किरणले म भित्रको फिल्म`लाई चिने`की छिन् । उनले मसँग रुँदै फिल्मसँग अलग नहुन आग्रह गरिन् । तर, म अब यो सब गर्न चाहँदिन थिएँ ‘ उनले भने । आमिरले यो कुरा परिवार भन्दा बाहिर पनि भन्न चाहेका थिए । तर, फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए । उनलाई यो मार्के`टिङ पोलिसी नला`गोस् भन्ने थियो ।

‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु । किरण र उनका आमाबाबु, रीना र उनका आमा`बाबु, मेरा छोराछोरी, मेरो परिवार’ आमिरले परिवार`लाई कन्भिन्स गरे । उनले आउँदो समयमा फिल्मसँग जोडिएको गति`विधि आफूले नगर्ने समेत बताएका छन् । उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खान`सँग काम गरिरहेका छन् ।

आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। किरण आमि`रकी दोस्रो श्री`मती हुन् र उनीहरूका एक छोरा छन्। आमि`रकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन्।

‘लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म केही गर्छु भनेर कसैले पत्तै पाउँदैनन् । त्यतिञ्जेल म यहाँबाट हराउने छु । अब आराम गर्ने समय हो’ आमि|रले भने । उनले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ आफ्ना फेभरेट हिरो टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरि`रहेका छन् ।

यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । द टर्मिनल, क्याप्टेन फिलिप, कास्ट अ वे लगायत`का फिल्ममा अभिनय गरेका टपकै शैली आमिरले पछ्या`उने गरेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *