आजकै दिन निराकार पाण्डेले कम्बोडियामा ज्यान गुमाएका थिए

by

in

काठमाडौँ । गत वर्ष आजकै दिन अर्थात् पुस १५ गते कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा आगलागीमा परी झापा बिर्तामोडका निराकार पाण्डेले ज्यान गुमाएका थिए ।

क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा स्व. पाण्डेले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए ।

परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको थियो ।