आज पौष १६ गते सोमबार: यी ४ राशिलाई हुनसक्छ आर्थिक सङ्कट भने यी २ राशिलाई मिल्नेछ लाभ

by

in

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।

google
job 2

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

google

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहेपनि सहयोगीहरू जुटाउन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम स्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचे अनुरुप काम नहोला । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तर खास हानि पुग्दैन, दिन ठिकै छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
काममा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला । धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *