सुभद्रासँग एक छान खाने पनि पैसा थिएन, ५०० माग्दा अपरिचित मानिसहरूले ८० लाख रूपैयाँ दिए

by

in

काठमाडौं । केरलामा आर्थिक संकटबाट गुज्रिरहेकी एक महिलालाई अपरिचित व्यक्तिहरूले उदारतापूर्वक मद्दत गरे। सामाजिक सञ्जालमा क्राउडफन्डिङमार्फत महिलाले ५० लाख भारतीय रूपैयाँ (८० लाख नेपाली रूपैयाँ) भन्दा बढीको चन्दा पाएकी छिन्

उनी आफ्ना छोराछोरीकी शिक्षककहाँ ५ सय रुपैयाँ ऋण माग्न गएकी थिइन् । पछि सोही शिक्षकले महिलालाई सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् ।बीबीसीको रिपोर्ट अनुसार ४६ वर्षीया सुभद्रा आफ्नो पतिको मृत्युपछि जीवन धान्न संघर्ष गरिरहेकी थिइन् ।

बालबालिकालाई खुवाउने पैसा पनि थिएन । यस्तो अवस्थामा उनले आफ्ना छोराछोरीको महिला शिक्षिकासँग ५ सय रुपैयाँ ऋण मागिन् ।सुभद्राको अवस्था देखेर शिक्षिका भावुक भइन् र सामाजिक सञ्जालमा उनलाई थप रकम जुटाएर सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् ।

सोमबारसम्म सुभद्राले क्राउड फण्डिङबाट ५४ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको बताइएको छ । तीन छोरामध्ये कान्छोलाई ‘सेरेब्रल पाल्सी’को समस्या भएकाले सुभद्राले काम गर्न सकिनन् । यस्तो अवस्थामा बच्चाको निरन्तर हेरचाह आवश्यक हुन्छ ।गत शुक्रबार सुभद्राले आफ्ना छोराछोरीलाई खानेकुरा नभएको भन्दै

स्थानीय विद्यालयकी शिक्षिका गिरिजा हरिकुमारसँग सहयोग मागिन् । सुभद्राको कुरा सुनेर गिरिजाले एक हजार रुपैया दिइन् । यसपछि शिक्षिका गिरिजा सुभद्राको घरमा गइन् र उनले साँच्चै गरिब जीवन बिताइरहेको थाहा पाइन् ।गिरिजा भन्छिन्– भान्साकोठामा एक मुट्ठी अनाज थियो र बच्चाहरूलाई खान केही थिएन

परिवारका लागि अपुग हुने भएकाले सुभद्रालाई थोरै रकम दिनुको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसैले क्राउडफन्डिङ अभियान सुरु गरेको थिएँ, ताकि ठूलो रकम जम्मा गर्न सकियोस्। सुभद्राको परिवारको अवस्थाबारे गिरिजा हरिकुमारले फेसबुकमा पोस्ट लेखेकी छिन् ।

यो पोस्टमा उनले सुभद्रालाई सहयोग गर्न जनतालाई अपिल गरेकी छिन् । सुभद्राको बैंक खाताको विवरण पनि पोष्टमा दिइएको थियो । यो पोस्ट केही समयमै भाइरल भयो र सुभद्राको खातामा ५० लाखभन्दा बढी आयो । अपरिचितहरूले उनको खातामा ठूलो दान दिए।