रेखा थापाले ‘प्रेगनेन्सी फोटोसुट’ गर्दा लगाएकाे ड्रेसको मूल्य कति ?

by

in

काठमाडाैं । यतिबेला रेखा थापाको ‘प्रेगनेन्सी फोटोसुट’काे निकै चर्चा भइरहेको छ । ‘प्रेगनेन्सी फोटोसुट’मा उनकाे लुक्स र पहिरनबारे धेरैले तारिफ गरेका छन् ।

रेखा दम्पती अमेरिका उड्नुअघि बुधबार राति काठमाडौंमा फाेटाे खिचाएका थिए ।

तस्वीरमा रेखाको पहिरन निकै आकर्षक देखिन्छ । सेतो सारीमा कालो रंगका पुतली र शिशु आकार बुनिएको छ । उनले शिरमा क्राउन लगाएकी छन् ।

कति छ रेखाले लगाएकाे ड्रेसकाे मूल्य ?

रेखाले ‘प्रेगनेन्सी फोटोसुट’ गर्दा लगाएकाे ड्रेस रेखाका डिजाइनर सोनाम सुब्बा लिम्बुले तयार गरेका हुन् । लिम्बुले सुत्र न्यूजलाई जनाएअनुसार उक्त ड्रेस बनाउन पाँच जना कालीगडलाई तीन दिन १० घण्टा समय लागेकाे थियाे ।

लिम्बुले जनाएअनुसार याे ड्रेसकाे मूल्य नेपाली बजारमा ५५ हजार रूपैयाँसम्म पर्ने गर्दछ । तथापी, रेखालाई उनले याे उपहार स्वरूप दिएका थिए ।