बाराकी २० वर्षीया महिलाले जन्माइन तिम्ल्याही सन्तान

by

in

वीरगञ्ज । बाराकी एक २० वर्षीय महिलाले तिम्ल्याही सन्तानलाई जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी संखु रामकी पत्नी मिन्कु देवी रामले आइतबार एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

प्रशव पीडाले च्यापेर वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कु देवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादबले मिन्कु देवीको शल्यक्रिया मार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।

शल्यकृया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.यादबले जानकारी दिइन् । डा. यादवकाअनुसार तीन सन्तानमध्ये २ छोरा र १ छोरी रहेका छन् । -यात्राडेलीबाट