के अमेरिकाले १५ दिनभित्र सबै नेपालीलाई देश छोड्न आह्वान गरेकै हो ?

by

in

हेप्यो अमेरिकाले नेपालीलाई’ थममेल राखिएको एउटा तस्बिर टिकटकमा फैलिरहेका छ। उक्त टिकटक नेमखबर डटकम नामक समाचार पोर्टलको सामग्रीलाई स्क्रिनसट गरेर बनाइएको हो। स्क्रिनसटमा देखिने समाचारको हेडलाइनमा लेखिएको छ,‘दुखद खबर : अमेरिकाले १५ दिनको समयभित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिकलाई देश छोड्न आह्वान, अब के होला त?’

संजय पण्डित नामक आइडीमा एक दिनअघि पोस्ट भएको उक्त सामग्रीमाथि पाँच हजार ६ सय प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त भिडियो करिब तीन सय पटक शेयर भइसकेकाे छ।

टिकटकमा मात्र होइन, यो समाचारको स्क्रिनसट फेसबुकतिर पनि फैलिरहेको देखिन्छ। फेसबुकका पब्लिक ग्रुपतिर यो समाचारका स्क्रिनसट देखिएका छन्। जसमध्येको एक हो, सीटी खबर नामक ग्रुप। यो ग्रुपमा समाचारको लिङ्क नै पोस्ट भएको छ।
तथ्य जाँच / प्रमाणीकरण
नेमखबर डटकमबाट यो शीर्षक यही असोज २ गते सार्वजनिक भएको हो। यसपछि मात्र यो शिर्षकलाई स्क्रिनसट गरेर सामाजिक संजालहरूमा फैलाउन थिलिएको देखिन्छ। स्क्रिनसट गरिएको समाचारको लिङ्क ब्राउजरमा खोल्दा यस्तो देखिन्छ-

हेडलाइनमा लेखिएको कुराको समाचारमा छैन। बिस्तृत समाचार देखिने ठाउँमा अर्कै समाचार राखिएको छ। समाचारमा देखिने तस्बिरहरू गुगलबाट तानेर बेवसाइटमा पोस्ट गरिएको छ।

यस्तै खालको हेडलाइन अर्को बेवसाइटमा पनि देखिन्छ। उजालानेटवर्क डटकम नामको बेवसाइट दुरुस्तै खालको हेडलाइन राखेर एउटा पोस्ट गरिएको छ। यो बेवसाइटको लिङ्क खोल्दा पनि बिस्तृत समाचार आउनुपर्ने ठाउँमा अर्कै फरक-फरक सूचनाहरू राखिएको छ।

यो बेवसाइटले त झन एक कदम अगाडि बढेर ‘अष्ट्रेलियाले १५ दिनको समयभित्र अमेरिकामा बस्ने सवै नेपाली नागरिकलाई देश छोड्न आह्वान, अब के होला त ?’ भन्दै भ्रामक हेडलाइन राखेको छ।