भेटिएका शिशुको अभिभावकत्व ग्रहण गर्न दुई दर्जनभन्दा बढी इच्छुक !!

by

in

भेटिएका शिशुको अभिभावकत्व ग्रहण गर्न दुई दर्जनभन्दा बढी इच्छुक !!

भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरू इच्छुक देखिएका छन् । डाक्टर, इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् ।

धेरै जनाले आफूहरूलाई भेटेर , फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए ।

उनले अभिभावकत्व दिनै पर्ने अवस्था आए, पछि अप्ठ्यारो नपर्ने गरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताए । शिशु लिनका लागि पर्ने निवेदनहरूलाई छानबिन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने उनको भनाई छ ।

सन्तानविहीन व्यक्तिहरूले त्यस शिशुलाई अपनाउन खोजेका छन् । अभिभावकत्व दिनुभन्दा अगाडि भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै सात दिने सूचना निकालेको छ ।