भेटीयो अचम्मको माछा,,बैज्ञानिकहरुको छुट्यो पसिना ! (हेर्नुस् भिडियो सहित )

News

माछा पानिमा बस्ने एक प्रकारको जलचर प्राणी हो। माछा ले आफ्नो सन्तानको हेरचाह गर्दैन यसले पानीमै फूल पार्ने पानीमै बच्चा कोर्लन्ने गर्दछ ।

संसामा हजाराै प्रजातीको माछा पाइने गर्छन ति मध्ये पनि आज हजुरहरुलाई १० प्रकारको अचम्म लाग्ने माछा देखाउन गइरहेका छाै ।भिडियो हे्न तल क्लिक गर्नुहोला .

अतिस औषधीय गुणले भरिपूर्ण जडिबुटी ! यस्ता छन् अतिसका चमत्कारी फाइदाहरु

एजेन्सी । आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ । यस्तो किसिमको जडिबुटी हामीले जतात्यतै देख्न सक्छौं। तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं ।

एकातर्फ हामी यस्ता जडिबुटीलाई गाईबस्तुको खानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं भने अर्काे तर्फ गुमेको तागत वा आलस्यता जस्ता समस्यालाई शरीरमा पालेर बसेका हुन्छौं। दाँत दुख्दा प्रयोग गर्ने औषधिको लागि हामी हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छाैं। रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि नै किन नहोस् । जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । तर, यसको प्रचुर मात्रामा प्रयोग हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् ।s

यो प्रजाति नेपालको हिमालय क्षेत्रमा ३२०० देखि ३७०० मिटरसम्मको उचाईमा बढी पाइन्छ । यो झाडी बुट्यान भएको र घाँसे मैदानमा पाइन्छ । यसमा रहेको गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ ।यसको धेरै व्यापार हुने पनि गरेको छ । यस्तो गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ । यसको गानोलाई संकलन गर्ने उपयुक्त समय भनेको फल पाकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो ।

आकार: आकारको हिसाबले यो एकदेखि ३ मिटरसम्म अग्लो हुने गर्छ । यो झार वर्गमा पर्ने बहुवर्षिय य वनस्पति हो । यसैलाई कतैकतै अतिसजरा पनि भन्ने गरिन्छ । पातमा विभिन्न रेसेदार खण्डहरु हुने गर्छ । यसको पात ४ देखि ५ खण्डमा मिलेर फाटेको हुन्छ । यसको जराको स्वाद तीतो हुन्छ । यसको जरा एकदेखि १.५ से.मी. जति व्यास भएको, फेदतिर मसिनो हुँदै आएको छ । थोरै हाँगाबिँगा भएको, गानोबाट स-साना जरा निस्किएको खैरो रंगको बोक्रा भएको समेत हुन्छ । यसको गानोमा एटिसिन नामक वानस्पतिक रसायन पाइन्छ । चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

Post Views: 149

Leave a Reply

Your email address will not be published. Required fields are marked *