साँची, तपाईंलाई के लाग्छ ? के पैसाले खुसी दिन्छ ? देख्ने बितिकै फोटो छोई ॐ लेखि सेयर गरौं

by

in

तपाईंलाई के लाग्छ ? पैसाले खुसी दिन्छ कि दिँदैन ? खासमा भन्ने हो भने पैसाले खुसी दिँदैन भन्नु मूर्खता हो । मार्केटवाच पत्रिकाका अनुसार त यही हो भन्ने जनाउँछ ।

पिएनएएस नामक जर्नलमा प्रकाशित शोधअनुसार २०० जनामा यो शोध गरिएको थियो । यिनलाई दुई समूहमा बाँडियो । बाँडिएको समूहमध्ये एउटालाई सुविधासम्पन्न होटलमा खानपिन र अन्य सुविधा दिएर राखिएको थियो । अर्को समूहलाई चाहिँ तरिकाले जे गर्न मन लाग्छ, स्वतन्त्र छाडिएको थियो । यिनले हात परेको १० हजार डलर जे जसरी खर्च गरे पनि हुन्थ्यो ।

यसपछि प्रत्येक महिना आफ्नो खुसी कुन स्तरको छ भनी दुवै समूहलाई रेटिङ गर्न लगाइयो । यो १० हजार डलर उनीहरूले तीन महिनाभित्रै खर्च गर्नुपर्थ्यो । दुई समूहमा भाग लिएका व्यक्तिहरूलाई उनीहरू परीक्षणका लागि भाग लिइरहेका छन् भन्ने थाहा थिएन ।

उनीहरूले टेड टकका क्रिस एन्डरसनको एउटा परीक्षणकका लागि सहभागिता जनाइरहेका थिए । डिसेम्बर २०२० मा यो परीक्षण भएको थियो । २१ वर्षभन्दा बढी उमेर समूहका स्त्री‑पुरूष यसमा सहभागी थिए ।

यस शोधमा भाग लिनेहरूले त शुरूमा आफूले पाएको पैसामाथि विश्वास नै लागेन । तर पछि वास्तवमै रकम उनीहरूको बैंकमा फेला पारेपछि चकित परेको मार्केटवाच नामक वेबसाइटले जनाएको छ ।

शोधकर्ताले पछि आफ्नो निष्कर्षमा लेखेका छन्, ‘वास्तवमै पैसाले खुसी दिन्छ । पैसा हुञ्जेल मानिसहरूले वास्तवमै आफूहरू खुसी भएको धारणा व्यक्त गरेका छन् । त्यसैले पैसाले खुसी दिँदैन भन्नु उचित हुँदैन ।’

यो अध्ययनको सबैभन्दा रोचक पक्ष चाहिँ के छ भने, सर्भेक्षणमा भाग लिएका सहभागीहरूमध्ये जोसँग कुस्त पैसा थियो वा धनीमानीमा गनिन्थे, उनीहरूलाई भने रकम दिँदा उति खुसी भएको पाइएन ।

अध्ययनकर्ताहरूको निष्कर्ष छ, ‘संसारका ९९ प्रतिशत मानिसहरू गरिबीमा बाँचिरहेका छन् । यसको अर्थ, पैसा अभाव, उचित खाद्यान्न र स्वस्थ जीवनशैलीको अभावलाई सो रकमले चिर्ने हुनाले गरिबहरूका लागि क्यास (नगद) भन्दा खुसीको कुरा के हुनसक्छ ?’

यस्तो प्रयोगमा सहभागी भएका ब्राजिल, इन्डोनेसिया र केन्याका सहभाागीहरू नगद पाएर खुसी देखिएका थिए भने अस्ट्रेलिया, क्यानडा र बेलायतसँगै अमेरिकामा रहेकाहरू भने नगदबाट उति खुसी देखिएका थिएनन् ।

उच्च आम्दानी भएका मुलुकका व्यक्तिहरूभन्दा न्यून आम्दानी भएका मुलुकका सहभागीहरू यो सर्भेमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए । यो सर्भेका सहसञ्चालक तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालयका पिएचडी विद्यार्थी रेयान ड्वेयर भन्छन्, ‘१० हजार डलर रकम वास्तवमा निकै ठूलो हो र यसले संसारभरि नै निकै धेरै कुरा किन्न सक्छ । धेरैजसोले त यो रकमलाई आफ्ना सारा ऋण तिर्न उपयोग गरे । केहीले भने घरलाई चिरिच्याट्ट पारे ।’

त्यसो त यो अध्ययनका केही सीमितता नभएका भने होइन । जुन क्षेत्र चयन गरिएको छ, त्यसले एक किसिमको बायसनेस देखाउन सक्ने खतरा पनि छँदैछ । जस्तो यसमा सहभागी हुनेले अंग्रेजी भाषा बोल्न जानेको हुनुपर्ने, ट्वीटरमा खाता खोलेको हुनुपर्नेजस्ता शर्तका कारण उनीहरूमा पैसाले पार्ने खास किसिमको प्रभाव तलमाथि अवश्य नै हुने शोधकर्ताहरूले स्वीकारेका छन् ।

अर्कोतर्फ छोटो अवधिका लागि यो शोध भएका कारण लामो अवधिसम्म पैसा भइराख्नेहरूका हकमा खुसी सोही स्तरमा रहिरहन्छ कि रहन्न भन्ने प्रश्न पनि उत्तिकै रहेको देखिन्छ ।

तर यस किसिमको अध्ययनलाई भने ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक तथा यस अध्ययनकी सहलेखिका एलिजाबेथ डुनले यस किसिमको अध्ययनलाई अझ व्यापक बनाउन धनीहरूलाई प्रेरणा जाग्न सक्ने र यसमा लगानी गरेका खण्डमा अझ सशक्त तथ्याङ्क फेला पार्न सकिने बताइन् ।

उनले मार्केटवाच पत्रिकालाई भनिन्, ‘संसारभरका धनीहरूले यस किसिमको अध्ययनका लागि लगानी गरून् ताकि पैसाले खुसी किन्न सकिन्छ कि सकिँदैन भन्नेमा पुख्ता प्रमाण भेला पार्न सकियोस् । यसका लागि २ करोड डलर खर्च गर्नुपर्छ भन्ने छैन । थोरै लगानी गर्दा पनि राम्रो परिणामहरू फेला पार्न सकिनेमा म विश्वस्त छु ।’