प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा (भिडियो रिपोर्ट सहित)

by

in

कमल पौडेल, बागलुङ: इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार श्रावण ८ गते साँझ ८ बजे बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटल एण्ड खाजा घरमा वरिष्ठ सई पौडेल गएको र सोही होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा विनोदको मुक्का प्रहारबाट घाइते भएका पौडेलका पर्दाको कपडाले घाँटी कसी हत्या गरेको खुलेको छ।

Get Vaccinated

रातको साढे एघार बजे सो घटना भएको र घटनामा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र निजका छोरा २० वर्षीय विनोद कुँवरलाई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठे देखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ।