कठै घरबाट हराएकी नन्दाको खोलामा यस्तो अवस्थामा फेला पर्यो शव

by

in

डडेल्धुराको आलितालमा एक युवती मृत फेला परेकी छन् । आलिताल गाउँपालिका– ७, खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज बिहान मृत फेला परेकी हुन् ।
दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत साउद घरनजिकैको पहिरोमा मृत फेला परेको स्थानीयले बताएका छन् ।

घरनजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान साढे ६ बजे फेला परेको थियो । उनी हिजो रातिदेखि घरबाट हराएकी थिइन् । रातभरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए । घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ ।

प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए