दुई परिवारका ६ जनाको मृत्युपछि शोकमा डुब्यो त्रिभुवन चोक

by

in

नेपालगन्ज त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा मृत्यु हुन भएको छ । भारतको स्रावस्ती भन्ने ठाउँमा भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबर छ ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको कार शनिबार साँझ श्रावस्ती जिल्लाको इकौना नजिक भएको सवारी दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका प्रतिष्ठित व्यवसायी एस कुमार

वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा निलान्स गुप्ता र छोरी सुनीति गुप्ता तथा हरि ॐ मेडिकल स्टोरका संचालक दिनेश गुप्ताका छोरायो समाचार को

बैभव गुप्ता, बुहारी दिपिका गुप्ता, नातिनीहरु डल्लु गुप्ता र श्रेया गुप्ताको निधन भएको हो ।मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । फेसबुक मार्फत सबैले श्रद्धाञ्जली दिइरहेका छन्