शोकमा त्रिभुवन चोक : दाह संस्कारमा हजारौंको भीड

by

in

नेपालगन्ज / भारतको श्रावस्ती जिल्लाको इकौना स्थित जीप दुर्घटनामा मृत्यु हुने नेपालगन्जका एकै परिवारका ४ जना सहित ६ जनाको दाह संस्कार गरिएको छ । शनिबार साँझ दुर्घटना भए पनि भारतको भिंनगा स्थित जिल्ला अस्पतालमा मृतकहरुको पोष्टमार्ट गरि आइतबार साँझ शव नेपालगन्ज ल्याई नेपालगन्जको एमपी स्कुल नजिकैको शमसानघाटमा दाह संस्कार गरिएको हो ।

नेपालगञ्जको सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता र नातेदार त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सन्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको दाह संस्कार गरिएकोे थियो भने मृतक बैभवका तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको शव भने शमसानघाट क्षेत्रमै गाडिएको थियोे ।

भारतको बलरामपुरबाट नेपालगन्ज फर्किने क्रममा उनीहरु सवार युपी ४७ डब्लु १२१७ नम्बरको महेन्द्रा जीप शनिवार साँझ करीब साढे ६ बजेतिर सडकमा रहेको गाईलाई जोगाउने क्रममा गाडी रूखमा ठोकिँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको थियो । भने दुई बालबालिकाको इकौना अस्पतालमा र एक जनाको बहराईच अस्पतालमा उपचारको क्रममा शनिबार राति नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

शनिबार रातिदेखि शोकमा डुबेको त्रिभुवन चोकमा आइतबार शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गर्न तथा दाह संस्कारमा सहभागी हुन हजारौंको संख्यामा नगरबासीहरुको भीड सडकमा उम्डेको थियोे । उक्त भीडमा बुर्का अर्थात (नकाब)मा मुस्लिम महिलाहरु समेत सहभागी हुनुहुन्थ्यो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *