कतारमा नेपाली युवकको ह’त्या

by

in

रोल्पा — वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको ह’त्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते ह’त्या भएको परिवारले जनाएको छ ।

ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन ह’त्या गरिएको हुनसक्ने आ’शंका गरेकी छन् । घट’नाबारे थप जानकारी पाउन र दो’षीमाथि का’रवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उ’जुरीसमेत दिएकी छन् ।

उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य वि’वाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।पहिले श्रीमानसँग साथै बसेको र पछि वि’वाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट च’क्कु प्र’हार गरी ह’त्या भएको जानकारी आयो ।’

ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए ।तर ह’त्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मुर्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको ह’त्या भएको खबर पाएपछि परिवार र गाउँ नै शो’कमा डु’बेको बताए

ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृ’तकको श’व नेपाल ल्याइदिन र दो’षीमाथि का’रवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृ’तकको श’व नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् ।ह’त्याको आ’रोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अ’नुसन्धान गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको ह’त्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् ।