छोरी जन्मिएपछि प्रसूति गृहको तिन तल्लाबाट हामफाले बाबु

by

in

काठमाडौं। काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन्

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

यो पनि: दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल – प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् ।

मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।’

‘समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगत्बाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मतआह्वान गर्ने, राजनीतिक दल एवं उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालसमेतबाट पक्ष विपक्षमा कुनै सन्देश,

सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिताविपरीत हुने हुँदा सञ्चारमाध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्न/नगराउन अपिल गरिन्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।