मासिक ५ लाख तलब दिने गरी १० हजार नेपाली कामदार लैजान बेलायत तयार, APPLY यसरी गरौं !!

by

in

काठमाडौँ
बेलायतले मासिक करिब ५ लाख तलब दिने गरी नेपालीहरुका लागि रोजगारी दिने भएको छ । सरकारले बेलायतमा नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको हो । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी गराउनुभयो । उहाँका अनुसार बेलायतमा नर्सलाई पठाउन लागिएको छ । साथै, मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठसँग सांसदहरुले श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार–सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।-scotnepal

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा ऐन २०२८ समयमै संशोधन हुन नसक्नु र नयाँ शिक्षा ऐन जारी हुन नसक्नु सरकारको गम्भीर त्रुटि भएको बताएका छन् । सोमबार कान्तिपुर एजुकेसन समिट-२०२२ मा बोल्दै मन्त्री पौडेलले २०२८ सालमै बनेको शिक्षा ऐन संशोधन गर्नका लागि प्रयत्न नभएको भन्दै यसो हुनुको पछाडि सरकार नै दोषी रहेको बताए ।

‘शिक्षा ऐन २०२८ सालमा बनेको हो । नयाँ ऐन ल्याउनका लागि धेरै प्रयत्न भएको मैले मन्त्रालयको जिम्मेवारी लिएपछि थाहा पाएँ,’ उनले भने, ‘ऐन ल्याउनका लागि धेरै पटक प्रयास भएको छ । हामीले संघीय र प्रादेशिक शिक्षा ऐनका लागि पछिल्लो तीन महिनाको अवधिमा मात्रै पनि धेरै काम गरेका छौं ।’

नयाँ शिक्षा ऐन अत्यावश्यक रहे पनि केहि व्यवस्थाहरूको ऐन संशोधन गरेर सरकारले कार्यान्वयन गरेको उनले बताए । ‘शिक्षक सेवा आयोगसम्बन्धी व्यवस्था पुरानो ऐन थिएन । सबै प्रदेशमा सात मेडिकल कलेज र प्रतिष्ठान खोल्नका लागि प्रक्रिया अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयहरूको नियमनका लागि केहि प्रयासहरू भएका छन् ।’

अहिले शिक्षासम्बन्धी ८० प्रतिशतभन्दा बढी अधिकार स्थानीय तहलाई दिइएको र शिक्षक दरबन्दी तथा भौतिक पूर्वाधारजस्ता विषयहरू मात्र संघीय सरकारले पाएको पनि उनले बताए । त्यस्तै, आगामी सालदेखि एसईईको परीक्षा पनि प्रदेशबाटै सञ्चालन गर्नेगरी तयारी गरिरहेको समेत पौडेलले बताए ।

लेखन प्रतियोगितामा स्तुति सापकोटा सर्वोत्कृष्ट काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर एजुकेसन समिटका अवसरमा ‘नेपालको शैक्षिक नीतिः सुधारको चुनौती’ विषयक लेखन प्रतियोगितामा स्तुति सापकोटा सर्वोत्कृष्ट भएकी छिन् ।

कान्तिपुरलाई विभिन्न माध्यमबाट प्राप्त लेखमध्ये वीरेन्द्र सैनिक महाविद्यालय, सल्लाघारी कक्षा ११ मा अध्ययनरत सापकोटाको लेखलाई सर्वोत्कृष्ट लेखका रुपमा छानिएको हो । उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले प्रमाणपत्र र २१ हजार रुपैया प्रदान गरे । विश्वविद्यालयलाई ब्यारेक बनाउँछु भन्नेलाई कुलपति बनाउने गरिएको छ : सहप्राध्यापक लामिछाने काठमाडौँ — जापानको चुकुवा विश्वविद्यालयका सहप्राध्यापक कमल लामिछानेले नेपालमा विद्यार्थीले खोजेअनुसारका प्राध्यापक नभएको बताएका छन् ।

सोमबार कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित एजुकेसन समिट-२०२२ को तेस्रो सत्रमा ‘ज्ञानको गन्तव्य स्वदेश कि विदेश ?’ विषयमा बोल्दै उनले नेपालमा दलगत प्राध्यापक मात्रै भएको तर विद्यार्थीलाई पढाउने, अनुसन्धानमा सघाउने प्राध्यापक नभएको दाबी गरे ।

‘यहाँ कि त कांग्रेसका प्राध्यापक छन् कि कम्युनिस्टका तर विद्यार्थीलाई पढाउने र अनुसन्धानमा सघाउने प्राध्यापक नै भएनन्,’ उनले भने ।
शिक्षालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्थामा परिवर्तन नआएसम्म विश्वविद्यालयमा रहेका बेथिति नहट्ने भन्दै सहप्राध्यापक लामिछानेले भने, ‘शिक्षालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था छ; यो व्यवस्थामा फेरबदल नआएसम्म र विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा विकसित नगरेसम्म विश्वविद्यालयका बेथिति घट्दैनन् ।’

‘हामीले त्यस्तालाई कुलपति बनाउने गरेका छौं, जसले लहडमा विश्वविद्यालयलाई ब्यारेक बनाइदिनुपर्छ भन्छ,’ लामिछानेले प्रश्न गरे, ‘यस्तोमा हाम्रा विश्वविद्यालय आकर्षणका केन्द्र कसरी बन्न सक्छन् ?