शौचालय जाने क्रममा चिप्लिएर नेपाली सेनाको मृत्यु

by

in

दाङ, १० कात्तिक । दाङमा शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा एक नेपाली सेनाको मृत्यु भएको छ ।

रण सिंह दल गण अर्जुन खोलामा कार्यरत ३० वर्षीय शितल थापाको अर्जुन खोलामा खस्दा मृत्यु भएको हो ।

दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ अर्जुनखोलामा कार्यरत नेपाली सेनाका लेस नायक समेत रहेका लमजुङ मध्यनेपाल नगरपालिका -९ निवासी थापाको शौचालय जाने क्रममा २ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापाले बताए ।

थापा आर्मीको पोष्ट नजिकै रहेको कच्चि शौचालय जाने क्रममा शुक्रबार दिउसो साढे १२ बजेतिर खसेका प्रहरीले बताएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।