महिनावारी भएको बेला गोठमै सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु

News

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। मंगलबार राति करिब १२ बजेतिर अनितालाई सर्पले टोकेको आफन्त लक्ष्मी चन्दले जानकारी दिए।

आमा मकैको पहरा बस्न बारितिर गएका बेला अनितालाई सर्पले टोकेको स्थानियले बताए। राति एक्कासि १२ बजेतिर घरकै आगनमा मलाई सर्पले टोक्यो, मलाई बचाउ भनेर अनिता चिच्याईरहेको देखेपछि छिमेकिले थाहा पाएको बताईएको छ।

हातमा सर्पले टोकेको र आफुलाई बचाउनु भनेर भन्दै गरेको अवस्थामा देखेपछि छिमेकिहरु जम्मा भएका थिए। तत्काल स्थानिय बैद्यलाई बोलाएको र बैद्य पुग्दा अनिताको मृत्यु भईसकेको जनाईएको छ। यद्यपि अनितालाई सर्पले आगनमै टोक्यो कि भित्र भन्ने एकिन भएको छैन। कति बेला टोक्या, काहा टोक्यो भनेर सोध्ने बेला किशोरी बेहोस भईसकेको आफन्त लक्ष्मी चन्दले बताए।

मृतक किशोरीका बुवा र एक दाई रोजगारिको शिलशिलामा भारतमा रहेका छ। अर्का दाई काम बिशेषले महेन्द्रनगर गएको स्थानियले बताए।

अनिता घरकि कान्छि छोरी हुन। स्थानिय जवलपुर माबिमा कक्षा ९ मा अध्यनरत थिईन्। अनिताको बुधबार स्थानिय परम्परा अनुसार अन्त्यष्ठि गरिएको छ।

केहि मिडिया र अनलाईनहरुमा अनिता महिनावारी भएको र छाउ गोठमा सुतेको अवस्थामा सर्पले टोकेको भन्ने समाचार गलत भएको आफन्तले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *