श्रीमतीको हत्या गरी सुँगुरको खोरभित्र गाडेर फरार भएका श्रीमान काँकडभिट्टाबाट पक्राउ

by

in

श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएको भनिएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।

श्रेष्ठलाई आइतबार तेह्रथुम लगिँदैछ । साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।

घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ७ वर्षीया एक छोरी छन् ।s