नेपालमा अब कारको मूल्य मात्र ४ लाख २० हजार।नछुटाऔ यो अवसर।मात्र ४ लाख तिरेर गाडी चढ्ने सुनौलो मौका

by

in

अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ ।

कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ।

यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन्।

यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो हाइब्रिड (सोलार र बिजुली) गाडी हो ।

यस कारमा १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ।

यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्दछ ।यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ।

सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।यसको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम ह्वीलवेस २२९७ एमएमको रहेको छ।यसमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील लगायतका फिचर रहेको छ ।