कठै! आमाको शरीर कु’हीएर किरा पर्दा समेत छोरा बुहारी हेर्न आएनन, भन्छन मरे पछी किरिया गर्न आउछौ (भिडियो सहित)

by

in

गुल्मी । संघ र प्रदेशमा बजेट बहस चलिरहेको छ । स्थानीय सरकार बजेटको चाँजोपाँजोमा व्यस्त छ । कार्यकर्ता प्रदेशमा समावेश भएका योजना फेसबुकमा पोस्टाएर नेताहरुको भक्तिगान गरिरहेका छन् । तर, मुसिकोट नगरपालिका–३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन् । उनको घर बागलुङको बडिगाड गाउँपालिका–२ दनियाँ हो । उनी श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन बर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् ।

सयौ पटक छोरालाई कल गर्दा उठाएनन । बुहारी संग भयो कुरा । हस्पीटल लैजाने तैयारी यस्तो छ । माईतीले बनाइदिएको सानो बास छ । अर्मपर्म गरेर भएपनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदैँ गएकाले अहिले किरा परेर बेहाल भएको छ । उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दिसापिसाब गर्छिन् ।

दिसापिसाव र खुट्टा कुहिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन” उनले रुदै भनिन, “बाँच्नभन्दा छिटै लैजा दैव ।” पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर, कुनै वास्ता गरेनन् । मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यवस्था नभएको छिमेकीको आरोप छ ।

पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् ।मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ” स्थानीय जुना रानाले भनिन, “श्रीमान मरे छोराले वास्ता गरेर, वडाध्यक्षले सुनेने अस्पताल लैजाने कोहि भएन । लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिब्रो टोक्ने र आँखा चिम्लिने धेरै भए ।

स्थानीय सरकारले वा सरकारका कुनै निकायले बेलैमा रानाको उपचार गर्ने बिकल्प नखोजे ज्याननै जाने निश्चित छ । मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्यविधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् । अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने उनले बताए । तर पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको समस्या भइरहेको छ । शारिरीक तथा मानसिक समस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएकाले सहयोग गर्न नसकिएको जिसीले बताए ।