पैसाको लागी आफ्नै छोरीको लासको बिहे गरे पछि …

by

in

एक दम्पतिमाथि आफ्नै १६ वर्षे छोरीको शव बिक्री गरेको आरोप लागेको छ ।आत्महत्या गरेकी छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ ।

मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिएआफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ । तथापि प्रहरीले उनीहरु माथि मुद्दा चलाउन भने अस्वीकार गरेको छ ।

यो घटना चीनको शांगडोंग प्रान्तको हो । साउथ चाइना मर्निंग पोष्टका अनुसार एकजना पुरुषले आफू मृतक किशोरीको वास्तविक पिता रहेको दाबी गरेका छन् ।आफ्नी छोरी जियाओदानले भवनको नवौं तलाबाट हाम फालेर गतवर्ष डिसेम्बरमा आत्महत्या गरेकी उनले बताएका छन् ।

आफ्नी छोरी जियाओदानले भवनको नवौं तलाबाट हाम फालेर गतवर्ष डिसेम्बरमा आत्महत्या गरेकी उनले बताएका छन् ।आफ्नी छोरीलाई धर्मपुत्री बनाएका पुरुषले उनलाई दु:ख दिएका कारण आत्महत्या गरेको जिकिर ती पुरुषको छ ।

सन् २००६ मा आफु र आफ्नी पत्नीले आफ्नी छोरीलाई उक्त दम्पतीलाई धर्मसन्तानको रुपमा दिएको दाबी उनले गरेका छन् ।आफ्ना पहिले नै जुम्ल्याहा सन्तान भएको र लालनपालनका लागि पर्याप्त पैसा हुँदा उनीहरुले ती छोरी अर्को निसन्तान दम्पतिलाई दिएका थिए ।

छोरीको मृत्युपछि उनका धर्मपिताले उनको शवलाई एउटा अर्को शवसँग बिहे गराइदिएको दाबी ती पुरुषको छ । यसका लागि उनले पैसा लिएका थिए ।

स्मरण रहोस् चीनका विभिन्न ग्रामीण इलाकामा मृतक व्यक्तिका लासहरुबीच विवाह गराइदिने परम्परा तीन हजार वर्ष अघिदेखि चलिआएको छ ।

बिहे नहुँदै कुनै व्यक्तिको मृत्यु भयो भने उसको आत्माले आफन्तहरुलाई पिरोल्ने जनविश्वासका आधारमा मृतक व्यक्तिको लासको बिहे गर्ने चलन रहेको छ ।