६० वर्ष माथिका पाँच मिलेर मच्चाए ‘वितण्डा’, जे गरे सबै चकित परे !

by

in

विराटनगर । सरकारी छाप दस्तखत गरेको आरोपमा मोरङको रतुवा माई नगरपालिकाबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । रतुवा माई नगरपालिका वडा नं.३ का वडा अध्यक्ष को वर्ष को हस्ताक्षर र छाप कीर्ते गरी सिफारिस लिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रतुवा माई ४ बस्ने वर्ष ६५ का चेतनलाल राजवंशी, वर्ष ६२ का झरिया देवी राजवंशी, ६३ बर्सिया विष्णु राजवंशी, ६३ वर्षको पैखन लाल राजवंशी र वर्ष ६४ का कन्हारु लाल केवरत रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले उनीहरूले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरी नक्कली बनाएको बताए । ‘जग्गा पास गराउन रंगेलीको मालपोत कार्यालय गएका रहेछन् ।

वडाले दिएको सिफारिसमा अध्यक्षको जस्तै सही किर्ते लागेपछि मालपोतलाई शङ्का लागेछ । त्यसपछि प्रहरीलाई खबर गयो । वडाध्यक्षलाई बोलाए ।

चलानी नम्बर पनि रेकट नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पत्ता लागो । त्यसपछि वडाअध्क्षले दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ डिएसपी दाहालले बताए ।