न्यायको पर्खाइमा धर्ना बसेका आरती साहका परिवार

by

in

दिनभरि न्यायको पर्खाइमा धर्ना बसेका आरती साहका परिवारजन सोमबार बेलुका खाना खान थाल निकाल्दै थिए ।

त्यतिबेलै प्रहरीको भ्यान आइपुग्यो । ‘यो ठाउँ छोड्नुस्’ भन्दै आरतीका बुबा विनोदसहित परिवारका सदस्यलाई धमाधम भ्यानमा राखे । दाइजोको निहुँमा मारिएकी छोरी आरतीलाई न्याय माग गरिएका ब्यानर, टेन्ट, सुत्ने लुगा सबै भ्यानमा कोचियो ।

त्यस रात उनीहरूले महांकाल संस्थाले ल्याइदिएको भात खानै पाएनन् । धर्नामा बसेका आरतीका भाइ प्रेम साह भन्छन्, ‘भ्यानमा कोचेर शान्तिबाटिकाको सडकमा फालिदिए ।’