केटाबाट केटि बनेकी अनिता चौधरीलाई महिलाले नै कस्तो छ देखाउन भन्ने गर्छन् (हेर्नुस् भिडियो)

by

in

हामिले कहिलेकाही सुन्ने गरेका छौ अहिले लिङ्ग परिवर्तनको कुरा । तर यो वास्तवमा नै भएको छ दाङ जिलाकी अनिता चौधरीको जीवनमा । पहिले शंकर चौधरी अहिले अनिता चौधरी भएकी छिन । आफू पहिले केटा नै जन्मिएको उनको भनाई छ । काठमाडौ बस्दै आएकी अनिता तिहार मनाउनका लागि दाङ आएको बेला उनिसगँ कुराकानी भएको हो ।

उनले अहिले आफ्ना दाईहरुलाई तिहारमा भाइटिका पनि लगाइदिएकी छिन । आफुले शंकरको जिन्दगी बिर्सिसकेको बताईन । आफू १४ वर्षको उमेर हुदाँदेखि नै कोहि राम्रो केटा देख्दा उसैप्रती आकर्षित हुने गरेको उनको भनाई थियो । आफू त्यो बेला केटा नै रहे पनि कुनै केटि तर्फ त्यो बेला ध्यान नजाने अनिता बताउँछिन ।

तर केटा देख्दा भने आकर्षित हुने, नजिक जान मन लाग्ने, बोल्न मन लाग्ने इत्यादि हुने गरेको अनिता बताउँछिन । अहिले लिङ्ग परिवर्तन गरेर यो पलि दाजुभाईहरुसगैँ तिहार मनाउदा खुशी लागेको बताउँछिन । पहिले सगैँ बसेर बहिनिको हातबाट टीका लगाउने गर्नेलाई नै आफुले टीका लगाईदिदा लाज पनि लागेको बताईन ।

पहिले सगै बसेर टीका लगाउने भाइ अहिले बहिनी बनेर आफैलाई टीका लगाइदिदाँ दाइहरुलाई पनि पैसा दिएर खुट्टामा ढोग्दा केही असजिलो उनिहरुले महसुस गरेको आफुले पाएको अनिता बताउँछिन । आफुले लिङ्ग परिवर्तन गरेपछी भने कतिपयले हिजडा भन्दै हेला पनि गरेको उनी सुनाउँछिन । त्यो बेला भने आफुलाई बाच्न मन नलाग्ने गरेको उनको गुनासो छ ।

अहिले आफू पहिलेको शंकर हुदाँको जिन्दगी बिर्सिसकेको बताउँछिन । शंकर चौधरीको अस्तित्व नै नभएको आफुलाई लाग्ने गरेको उनको भनाई छ । शंकर बाट अनिता बनेपछी आफू अनितामा नै रमाएको उनको भनाई छ । अब अहिले आफू बिबाह को तयारिमा रहेको पनि अनिताले खुलाएकी छिन । सायद यहि आउने माघ महिनामा बिबाह हुने उनले बताईन ।

फेसबुकबाट चिनजान भएको ब्याक्तीसगँ बिबाह हुने उनले बताईन । तर नाम भने अहिले नखुलाउने उनको भनाई छ । उनले पनि आफ्नो अन्तरबार्ताहरु सबै हेरेर नै मन पराएको अनिताको भनाई छ । अहिले दुबैको परिवारमा कुरा भै रहेको उनले बताईन ।

आफुले बिबाह गर्न लागेको केटाको पहिले बिबाह भएर सम्बन्द बिच्छेद भएको र उहाको ६ वर्षको छोरा पनि भएको उनले खुलाईन । आफ्नो अन्तरबार्ता हेरेपछी थुप्रै ब्याक्तिहरुबाट आफुलाई बिबाह प्रस्ताव आएको अनिता बताउँछिन । तर खै उहाँसग चै भाग्यले नै जुराएर हो कि प्रस्ताव आफुले स्विकार गरेको भन्दै अनिता सुनाउँछिन ।

लिङ्ग परिवर्तन गरि महिला बनेपछी भने अनितालाई आइमाईहरुले नै पिसाब फेर्ने ठाउँ कस्तो छ देखाउन भन्ने गरेको पनि खुलाईन । केटि मान्छेले नै कस्तो छ देखाउ भन्दा आफुलाई अचम्म पनि लाग्ने गरेको बताउँछिन । सायद परिवर्तन गरेपछी कस्तो हुने रहेछ भन्न्ने उत्सुकता भएर पनि त्यसो भनेको हुन सक्ने उनी बताउँछिन ।