अन्ति;म प;टक फो;टो छो;ई रि;प लेख्नु;होस् । उहाँको आत्मा;ले शा;न्ति पाओस् ।

by

in

पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ । उनी त्यहा किन आइन भन्ने अहिले सबैको चासोको विषय छ । उनको छेउमा एउटा पानीको बोतल र झोला देखिन्छ । झोला र बोतल हेर्दा उनी त्यहा आफैँ आएकी हुन कि भन्ने पनि लाग्छ । तर किन त्यो जंगलमा आईन भन्ने खुलेको छैन ।

केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको छ । यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ । उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ ।

दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छटपटाई रहेकी एक युवती देखिन्छिन ।

थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतीलाई के भएको हो भनेर खासै बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतीलाई हेर्दै हास्दै गरेको सुनिन्छ । उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रिप कमला भनेर पोस्ट भएको थियो ।

त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रिप लेखेका पोस्टहरु आए । उनी जिउँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्पताल लान खोजेन भनेर अहिले थुप्रै प्रश्न उठिरहेको छ ।दिक्तेलकी राधिका आचार्य ती युवतीकी छिमेकी हुन । अहिले उनले जानकारी दिए अनुसार ती युवती कमला आचार्य हुन । उर्लाबारीको राधिका माध्यमिक बिधालयमा उनी पढ्दै आएको बताईन ।

उनी उर्लाबारीमा आन्टिसगँ बस्दै आएको राधिकाले बताईन । उनकी आन्टिका अनुसार उनी आफ्नो तालिम भएको र केही दिन आफू तालिममा जाने बताएर हिडेको उनको भनाई छ । उनी मृत्यु हुनुभन्दा केही दिन ? ‘ राधिकाले बताएकी रेले बताएको

उनी महिनावारी भएर दुखाई सहन नसके पछि विष सेवन गरेको भनी उनकी आन्टिले आफुहरुलाई बताएको राधिकाको भनाई छ । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।