रड प्रहार गरेर आफ्नै छोराले बुवाको हत्या गरे पछि ….

by

in

सिन्धुलीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँमा फलामको रड प्रहार गरेर हत्या गरेका हुन् ।

बुधबार(हिजो) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

मृतकको शव पोष्मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ । बुवालाई रड प्रहार गर्ने दावा घिसिङ बेपत्ता भएकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै बुवालाई छोराले फलामको रड प्रहार गर्नुको कारण भने पत्ता लागेको छैन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *