बैंक खातामा अचानक ४८ करोड रुपैयाँ आएपछि !!

by

in

बैंक खातामा अचानक ४८ करोड रुपैयाँ आएपछि !!!

सामान्यतया धनी बन्ने चाहाना सबैलाई हुन्छ । विभिन्न काम गरेर छोटो समयमै धनी बन्ने सपना धेरैले बुनेका हुन्छन् त्यसका लागि दौडधुप पनि चल्छ । छोटो समयमै धेरै धन कमाउँन निकै कठिक हुन्छ । तर, एक महिला क्षणभरमै करोडपति बनेकी छन् ।

उनको बैंक अकाउण्टमा ६० रुपैयाँ थियो । तर, अचानक उनको खातामा ४८ करोड रुपैयाँ आएको छ । यो घटना नेपालको नभएर भारतको हो ।

भारतको कर्नाटकको चन्नापटना कस्बेमा एक व्यापारी सइद मालिक बुरहानकी श्रीमतीको खातामा अचानक ४८ करोड रुपैयाँ आएको छ । भारतीय सञ्चारमाध्यामका अनुसार ती महिलाको खातामा त्यति धेरै रकम आएपछि बैंक अधिकारी नै उनको घर पुगेका थिए ।

२ डिसेम्बरमा बुरहानकी पत्नीको खातामा यति धेरै रकम अचानक आएको थियो । एजेन्सीको सहयोगमा ।