केवलकार भित्र फसेका हेलिकप्टरबाट उद्धार गर्ने क्रममा ३ जनाको ख’सेर मृत्यु

by

in

केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा निधन भएको छ । खबर हो भारतको झारखण्ड राज्यको देवघरको ।

केवलकार दुर्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको यसअघि नै मृत्यु भइसकेकेको र अर्काको उद्धार गर्ने क्रममा मृत्यु भएको हो ।

पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृत्यु भएको बिबिीले जनाएको छ ।

बिबिसीका अनुसार आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए ।

केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।