काठमाडौंमा अचानक भिषण आगलागी।।

by

in

राजधानी समाचार
अशोज ६, २०७९
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रहेकाको भने उद्धार गरिएको छ ।

बुधबार राति साढे ९ बजे यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आउने सकेको थिएन । राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले पुष्टि गरे । उनका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको थिएन । घटनास्थल साँघुरो गल्ली भएका कारण दमकल जानसमेत अप्ठ्यारो हुने किसिमको छ ।
राजधानी समाचार बाट साभार

सिएन नेपाल बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ- काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।सिएन नेपाल बाट साभार