घरमा आगलागी हुँदा आमा र छोराको मृत्यु !!

by

in

घरमा आगलागी हुँदा आमा र छोराको मृत्यु !!

गोरखा — गोरखाको धार्चे गाउँपालिका- १ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र छोरा रहेका छन् ।

आगलागीमा परेर ७५ वर्षीया कान्छी गुरुङ र ३९ वर्षीय चन्द्रसिं गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

घर आगलागीले नष्ट भएको र आमाछोराको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट घटनाको अनुसन्धानका लागि प्रहरी टोली पठाइएको श्रेष्ठले जानकारी दिए ।

शनिबार राति करिब १० बजेतिर घरमा आगलागी भएको स्थानीयहरूले बताए । चिसो बढेसँगै अगेनामा फुकेको आगो सल्किएर घटना भएको हुनसक्ने धार्चे– १ का वडा अध्यक्ष रामसिं गुरुङले बताए ।

राती १० बजेमात्र घरमा आगलागी भएको थाहा पायौँ, हारगुहार गरेर गाउँले जम्मा भएर आगो नियन्त्रणमा लिन झन्डै डेड घण्टा लाग्यो,’ उनले भने । उनका अनुसार आगलागीमा मृत्यु भएका चन्द्रसिं बोल्न र हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति हुन् ।