भारतमा सवारी दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु

by

in

भारतको उत्तराखण्ड राज्यको चम्बावत जिल्लाको चकरपुरमा भएको दुर्घटनामा परी एकै परिवारका चार जना नेपालीको मृत्यु भएको छ ।

शनिबार दिउँसो कारले ठक्कर दिँदा दुईवटा स्कुटरमा सवार कञ्चनपुरको उल्टाखामका एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कञ्चनपुरका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५५ वर्षीया सरस्वतीदेवी, २७ वर्षीया बुहारी नर्मदा चन्द र भाइबुहारी ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरू चारै जना बनबासा हुँदै दुईवटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।