भर्खरै बिमानस्थलबाट दिल्लीका लागि उडेको ११० जना सवार विमान दुर्घटना

by

in

देहताबाट ११० जना सवार जेट बिमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ।

प्रान्तका स्थानीय अधिकारीहरुका अनुसार विमान काबुलको दक्षिण पश्‍चिममा दुर्घटनाग्रस्त भएको हो।

विमान देहातदेखि दिल्लीको लागि उडेको थियो। उक्त जहाजमा उड्ने वित्तिकै प्रावधिक समस्या देखिएका बताएकाे र कसरी दुर्घटना भयो भन्ने बारे अहिले नै एकिन नभएकाे अधिकारीहरू बताउँछन् । जेट विमान दुर्घटनाका अन्य कारणहरू पनि पत्ता लागिसकेकाे छैन।

यसका साथै विमानमा केही प्राविधिक कठिनाइ आएपछि त्यहाको गजिनी जिल्लाको डेह याकमा दुर्घटना भएको जनाइएको छ।

दुर्घटनाको थप विवरण आउन भने बाँकी छ। ताजा अपडेट हेर्दै गर्नुहाेला ।बिमान सडकमा उत्रियो, सबै यात्रु सकुशल तेहरान (एजेन्सी) ।

इरानी यात्रुबाहक बिमान बान्दर–ए–मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् ।

राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै बिमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।

खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताएका छन् ।
*

इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस बिमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । बिमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए