नदीमा जिप खस्दा ६ जनाको मृत्यु, १० जना बेपत्ता

by

in

काठमाडौँ :पाकिस्तान नियन्त्रित कश्मीरको नीलम जिल्लाको नीलम नदीमा जिप खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता र दुई जना घाइते भएका छन् ।

जिल्लाको करिमाबाद क्षेत्र नजिक जिप र्याम्प चढ्ने क्रममा नदीमा खसेर दुर्घटना भएको उद्धार सेवाले जनाएको छ । स्थानीय र पाकिस्तानी सेनाका जवानहरूले उद्धार कार्य गरेका थिए । बेपत्ताको खोजी जारी रहँदा ६ जनाको शव फेला परेको छ ।

धेरै पीडितहरू बगेर गएकाले उद्धार कार्य गर्न लामो समय लागेको बताइएका छ । जिपमा करिब १८ जना सवार थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *