सप्तरीमा यौनजन्य कार्यमा संलग्न ५ महिला सहित होटेल सञ्चालक पक्राउ

by

in

सप्तरी,२९ जेठ । अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–८ स्थित रहेको लक्ष्मी होटल एण्ड गेष्टहाउसका सञ्चालकसहित ५ जना महिलालाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्लाका सक्रिय पत्रकारहरु र अस्थाय प्रहरी पोस्ट पुलचौक प्रहरीको समन्वयमा लक्ष्मी गेस्ट हाउस एण्ड होटलका सञ्चालक सहित अन्य ५ महिलालाई पक्राउ गरेको हो ।

सोमबार होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलका सञ्चालक तथा चार महिलालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।