भारतको सिमा रक्षा गर्दा गर्दै अस्ताए नेपालका ३० बर्षिय प्रेम केसी…. मनमा दया भए Rip लेख्नुहोला ।

by

in

तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंककारी ह’मलामा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृ त्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हम’ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ त्यु भएको जानकारी दिइएको छ।

महेन्द्रनगरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ। लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डीपीआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी गराएका छन्। उनका अनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डीपीआरका लागि भारतीय कम्पनीले सर्वे गरेको हो।

सुक्खा बन्दरगाहस्थलसम्म जोड्नका लागि भारतको एसियन राजमार्गसम्म भारतीय पक्षले साढे तीन किलोमिटर सडक बनाउन सुरु गरिसकेको छ। बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना भारत सरकारले नै तीन वर्षभित्र निर्माण गर्ने समझदारी भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। समितिले आयोजना निर्माणस्थल मायापुरी र गौरीशङ्कर सामुदायिक वनको जमिन अधिग्रहणका लागि वन मन्त्रालयमा फाइल पठाइसकेको जनाएको छ।

वन मन्त्रालयबाट स्वीकृत भएसँगै निर्माणस्थलमा पर्ने रूख कटानको काम सुरु हुनेछ। बन्दरगाह निमार्णका लागि मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ। लामो समय चर्चामा रहेको बन्दरगाह निर्माणका लागि सर्वे सुरु गरिएको नगरप्रमुख किशोर लिम्बूले बताए।

दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए। २०६४ मा पहिलो पटक सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो। त्यसपछि पटक पटक अध्ययनका लागि टोली आए पनि काम अघि बढ्न सकेको थिएन।