जनकपुरको एक होटेलमा महिला र पुरुष एउटै पासोमा मृत फेला

by

in

टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।

जनकपुरधामको एक होटेलमा पासोमा झुण्डेको अवस्थामा पुरुष र महिला मृत फेला परेका छन् । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर मृत भेटिएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । होटेल संचालकका अनुसार कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइ रहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुबैजना झुण्डेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलि घटनास्थल पुगेर ढोकालाई फोडेर बालिकालाई बाहिर निकालेको छ । बालिका महिलाकी छोरी हुन् । मृतक महिलाको माइत पिपरा हो ।