बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु 😭

by

in

मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् । अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई बताउन समेत दिएनन् । यो सरासर अस्पतालको लापरबाही हो । हामी शव बुझ्न सक्दैनौ ।’

अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई बताउन समेत दिएनन् । यो सरासर अस्पतालको लापरबाही हो । हामी शव बुझ्न सक्दैनौ ।’


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *